हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा सवा ११ करोड, ईपीएस कति ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ करोड २५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ३०.५४ प्रतिशत बढेर ५९ करोड १९ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी २५ प्रतिशत घटेर १८ करोड ६६ लाख ४८ हजार रुपैयाँ गरेको छ । यस अवधिमा कम्पनीको अभिकर्ता कमशिन २० प्रतिशत घटेर २ करोड ५ लाख ४५ हजार रुपैयाँ गरेको छ । कम्पनीको पुनर्बीमा कमिसशन आय १७ करोड ४५ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी ३ करोड ९६ लाख ७० हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २.१९ प्रतिशत घटेर २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ, जगेडा कोष ७.६४ प्रतिशत बढेर ६६ करोड २० लाख रुपैयाँ, बीमा कोष ५.५० प्रतिशत बढेर १ अर्ब १५ करोड ७ लाख रुपैयाँ र महाविपत्ती कोष ५ करोड १० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ५० करोड ८१ लख रुपैयाँ, जारी बीमा लेखको संख्या १ लाख २६८ वटा, कुल दावी भुक्तानी रकम ४६ करोड ७६ लाख २६ हजार रुपैयाँ, १३ हजार १२६ वटा दावी वापत २ अर्ब १७ करोड ६४ लाख रुपैयाँ कुल दावी भुक्तानी हुन बाँकी रहेको छ ।

यस अवधिमा कम्पनको प्रतिसेयर आम्दानी १०.०५ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १८३.२१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४४.९३ गुणा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स