काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।
सोमबार, सुन प्रतितोला ८८ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज भने ३ सय रूपैयाँले बढेर ८९ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, सोमबार चाँदी प्रतितोला ११ सय ३५ रूपैयाँ कायम भएकोमा आज भने ५ रूपैयाँले बढेर ११ सय ४० रूपैयाँ कायम भएको छ ।