गृह नगर दमक पुगेका राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले उद्योगी व्यवसायीलाई भने ‘बैंकको ब्याज घट्दैछ, धैर्य गर्नुस्’

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बैंकको ब्याज घट्ने बताएका छन् । गृह नगरी दमक पुगेका डेपुटी गभर्नर मिश्रसँग आज सोमबार त्यहाँका उद्योगी व्यापारीको अनौपचारिक भेट भयो । सो भेटलाई एकै छिनमा सभामा परिणत गरियो । सो उद्योगी व्यवसायीसँगको अन्तक्रिया कार्यक्रमा डेपटी गभर्नर मिश्रले बैंकको ब्याज घट्दै भएकोले धैर्य गर्न उद्योगी व्यवसायीलाई सुझाएका छन् ।

यी सबैलाई एकीकृत रुपमा रेस्पोन्स गर्न चहान्छु तपाईहरू सबैलाई मर्का परेको छ । कसैले दुखाइ दियो भने एैया भन्न पाउनु पर्छ भनेर तपाईहरूले अघिनै भनिसक्नु भएको छ । म पोलिसी मेकरको हैसियतले आज केहि शिक्षा प्रर्द कुरा पनि गर्न चहान्छु । ३० वर्ष मैले सानो ठूलो पदमा रहेर काम गरिसकेको छु ।

यो ३० वर्षमा मैले के बुझेको छु भने नेपालका व्यवसायीहरूमा (यहाँ बैकर पनि भएको भए राम्रो हुन्थ्यो) अलिकति थोरै धैर्यताको आवश्यकता महसुस गरिरहेको छु । बैंकको ब्याज घट्दैछ, धैर्य गर्नुस् । अहिले नआतिनुस्, ब्याज अब क्रमश घट्दैछ वा घट्दै जान्छ ।

यो महत्वपूर्ण कुरा पनि हो ब्याज बढेकै पनि छ । प्रि कोभिड, कोभिड र पोष्ट कोभिडको अवस्थालाई हेर्ने हो भने धेरै ब्याज बढेको छैन । प्रि कोभिडको बेला २०७६ साल चैत १० गतेको भन्दा १ प्रतिशतमात्रै ब्याज तलमाथि भएको छ ।
हामीले त व्यवसायी हौ, केहि न केहि आकलन गरेरै आएका छौं नि केहि रिक्स पनि खेप्छु भनेर आएका हौ नि ।

कोभिडको बेला पैसा गएन, पैसा लिएर कसैले जग्गामा हाले कसैले सेयरमा, यो राष्ट्र बैंकलाई पनि थाहा भएकै कुरो हो । यो स्थिति आउँछ भनेर आकलन गरिएन । अहिले पनि ७ देखि १४ प्रतिशतभित्रै रहेको छ । कसै कसैको १६ प्रतिशतसम्म लिएको पाइन्छ । त्यो चाहि पेनाल्टी वा ओभर डीयू, पास डियू भएर पुगेको होला । कन्सल्टेन्सलाई तपाईको व्यवसायको आई आरआर निकाल्न लगाउनु ७ देखि १४ प्रतिशतसम्म ब्याज हुन्छ भनेर । त्यसपछि थाहा भइहाल्छ बैंकले लोन दिन्छ कि दिँदैन भनेर ।

हामी त व्यवसायी हौं, केहि न केहि रिक्स लिएरै आएका छौं यहाँबाट नाफा लान्छौं भनेर । त्यो साहस लिएर आउनु भएकै हुन्छ तपाईहरू । म सन् २०७३ सालको कुरा गर्दैछु त्यति बेलादेखि क्रमशः ब्याज घट्दै छ । म मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेर यहाँ हिडेको हुँ ।

राष्ट्र बैंकले ओभर नाइट रिपोमा अहिले लाग्दै आएको साढे ८ प्रतिशत ब्याज १.५ प्रतिशतले घटाएर ७ प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकले यसको ब्याज घटाउनु भनेको ब्याज घट्छ भन्ने संकेत हो । राष्ट्र बैंकले कहिले पनि प्रत्यक्ष हस्तक्षेप गर्दैन, सांकेतिक रुपमा काम गर्छ ।

म ब्याजदर घट्ने आधारहरू भन्न चहान्छु, तपाईहरू ध्यान दिएर सुनुुस् –अहिले तपाईहरू सबैले तथ्यांक हेर्नु नै भएको छ, साढे ९७ अर्ब बीओपी सरप्लस छ, १० प्रतिशतभन्दा माथि पुगेको इन्टर बैंक ब्याजदर ४ देखि ४.५ प्रतिशतमा झरेको छ । आज यो दर कायम भयो भनेर भोलिदेखि नै ब्याजदर घट्ने होइन, तपाईलाई ज्वरो आयो भने सिटामोल खाने वित्तीकै ठिक भइहाल्ने होइन, ५ मिनेट त कम्तीमा पनि कुर्नुपर्छ, अनिमात्रै ज्वरो कम हुने नहुने थाहा हुन्छ ।

ब्याजदर पनि त्यस्तै हो, ‘ल्याक अफ इफेक्ट’ भन्ने हुन्छ, प्रभावको कमी आउन केहि समय त लाग्छ नि । ३ महिना कुर्नुस्, त्यसपछि विस्तारै ब्याज घट्दै जान्छ । गत वर्ष विदेशी मुद्राको संञ्चिति घट्दा केहि वस्तुको आयात बन्द गरियो भने केहिलाई नगद मार्जिन लगाइएको अवस्था थियो । अहिले यो अवस्था छैन । सबै वस्तुको आयात खुलिसकेको अवस्था छ ।

गत वर्ष १९ खर्ब २० अर्बको आयात भयो । यो वर्ष १७ खर्बको हाराहारीमा हुने देखिएको छ । यदि यहि फिगरमा आयात भयो भने हामी अझ सहज हुन्छौं । पुस महिनामा १ खर्ब ५ अर्ब रुपैयाँको रेमिट्यान्स आएको छ । यो वर्षमा करिब १३ खर्ब जति रेमिट्यान्स आउन सक्ने देखिएको छ ।

तेस्रो त्रैमासको रिपोर्ट आउँदा ब्याज केहि घटेर आउँछ । चौथो त्रैमासको रिपोर्ट आउँदा अझ ब्याज घट्ने क्रम हुन्छ । दशैंमा आउँदा यसरी नै बसौंला फेरि त्यति बेला तपाईहरूले समीक्षा गर्न सक्नु हुन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स