काठमाडौं । नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रा.लि.ले आफ्नो विद्युतिय गाडी कोना तथा आयोनिक-५ छ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ ।
वान मोर रिजन टु गो इलेक्ट्रिक नारा सहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतिय गाडी कोना तथा आयोनिक-५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको वाशिंङ मेशिन उपहार प्राप्त गर्न सक्नेछन् । समय सापेक्ष योजनाहरु मार्फत आफ्ना ग्राहकहरुको मन जित्न लक्ष्मी इन्टरकटिनेन्टल प्रा.लि.ले सधैं आकर्षक योजनाहरु बजारमा ल्याउँदै आएको छ्र । अहिलेको आवश्यकता अनुरुप विद्युतिय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ्र ।
हुण्डाई कोना तथा आयोनिक-५ नेपालको विद्युतिय गाडीहरुको श्रेणीमा अग्रपंक्तिमा आउँछ र यी दुवै उत्पादनहरुले ग्राहकहरुको मन जित्न सफल भएका छन् । आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुण्डाईको विश्वसनीयताले कोना तथा आयोनिक-५ विद्युतिय गाडीको पर्यायवाची बनिसकेको छ ।
विद्युतिय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आक्रामक रूपमा चाजिङ स्टेसनहरुको निर्माण गरिरहेको छ । विद्युतिय गाडीको विक्री वितरणमा हुण्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथली स्थित नेपालको एक मात्र विद्युतिय गाडीको एक्सक्लुसिभ शोरूम संचालन गरेर नयाँ आयाम कायम गर्दै आएको छ ।
कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ ।