लक्ष्य अनुसार राजस्व उठेन, २४ वर्षयताकै कम

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्यको तुलनामा २४ प्रतिशत कम राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले ६ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा जम्मा ४ खर्ब ८३ अर्ब ७६ करोड रुपैयाँमात्रै राजस्व संकलन भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज अर्थ मन्त्रालयमा आयोजित बजेट अर्धवार्षिक समीक्षा कार्यक्रममा हाल संकलित राजस्व लक्ष्यको तुलनामा २४ वर्ष यताकै कम भ
एको बताए ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा संकलन भएको राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सो अवधिमा ५ खर्ब ७६ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेपछि राजस्व लक्ष्यको सीमा पनि खुम्च्याएको छ । सरकारले चालु आर्थिक वर्षको लागि कुल १४ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । सो राजस्वलाई संशोधन गरेर १२ खर्ब ४४ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्ने गरेर संशोधन गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स