यस्तो आयो बजेटको अर्धवार्षिक समीक्षा, साढे २ खर्बले घट्यो बजेट (पूर्णपाठसहित)

काठमाडौं । सरकारले अघिल्लो वर्ष झै यो वर्ष पनि बजेटको आकार १४ प्रतिशतले घटाएको गरेको छ । सरकारले बजेट खर्च गर्न नसकेपछि र खर्चको स्रोत समेत व्यवस्थापन गर्न नसकेपछि बजेटको आकार नै घटाएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा सम्बोधन गद चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको रकममध्येबाट २ खर्ब ४४ अर्ब बजेट घटाएका हुन् ।

सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । जसमध्ये १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँमात्रै खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीले गरेका छन् । सरकारले यस आवको लागि चालु खर्चतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमो १० खर्ब २१ अबै ९२ करोड खर्च हुने संशोधित अनुमान गरेको छ ।

पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेकोमा यसको २१.२ ८२.५१ प्रतिशतमात्रै खर्च हुने बताएको छ । सरकारले चालु आवमा पुँजीगत खर्चको बजेटलाई ३ खर्ब १३ करोड ८५ लाखमा सिमित गरेका छन् भने वित्तीइ व्यवस्थातर्फको खर्चलाई २ खर्ब १४ अर्ब २१ करोड रुपैयाँ खर्च गर्ने संशोधित अनुमान गरेको छ । वित्तीय व्यवस्थातर्फ दुई २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँको ९३.०५ प्रतिशतमात्रै खर्च हुने अनुमान गरेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/02/budget.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स