लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा बढ्यो, अन्य सूचक कस्तो?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १.०६ प्रतिशतले मात्रै बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ४८.२७ प्रतिशतले बढेर ५० करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३४ करोड ३७ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १४ करोड ४२ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट २ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पुँजी २ अर्ब ३१ करोड २८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २५ करोड ३७ लाख रुपैयाँ र बीमा कोषमा ८४ करोड ५९ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९८ पैसा, प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ९८ पैसा र मूल्य आम्दानी अनुपात २३.९१ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स