देशकै जीडीपीमा ठूलो प्रभाव पार्ने माथिल्लो तामाकोशीको नोक्सानी बढ्यो

काठमाडौं । देशकै कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा प्रभाव पार्ने माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८२ करोड ४८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३३ करोड ५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । विद्युत बिक्री आम्दानी र सञ्चालन आम्दानी बढेपनि वित्तीय लागत बढ्दा कम्पनीको नोक्सानी बढ्न पुगेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ३६.७१ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ४८.८५ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ६५.५२ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ रुपैयाँ २४ पैसा ऋणात्मक रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ रुपैयाँ ५८ पैसा ऋणात्मक भएको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ६२ रुपैयाँ ३८ पैसा रहेको छ ।

१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ ३ अर्ब ९८ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स