यस्तो छन् अजोड इन्स्योरेन्सको वित्तीय सूचकांक

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ५.३८ प्रतिशत बढेर ४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ६३ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ३४.४३ प्रतिशत बढेर ३० करोड ६१ लख ३९ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ७७ लाख ३६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी ३० प्रतिशत बढेर १५ करोड ६ लाख ७९ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५६ लाख ९३ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीले अभिकर्तालाई २ करोड ५ लाख रुपैयाँ कमशिन दिएको छ । कम्पनीको पुनर्बीमाबाट ११ करोड ३५ लाख रुपैयाँ कमिसशन आय र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २ करोड ४० लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ, जगेडा कोष ५१ प्रतिशत बढेर १७ करोड ८७ लाख रुपैयाँ र बीमा कोष ४४ प्रतिशत बढेर १९ करोड ६० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको कुल बीमा शुल्क आर्जन ९० करोड ४८ लाख रुपैयाँ, बीमा लेख जारी संख्या ७० हजार १९८, कुल दावी भुक्तानी रकम ५३ करोड २८ लाख रुपैयाँ रहेको छ । ४ हजार ८९६ वटा दावी वापत ८३ करोड २२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

समिक्षा अवधिमा कम्पनको प्रतिसेयर आम्दानी ९.७६ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३९.२२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५३.२७ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स