नेशनल लाइफ इन्स्योरेन्सको कुल नाफा पौने २३ करोड, ईपीएस कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा २२ करोड ७३ लाख रुपैयाँ गरेको छ । कम्पनीले गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ५७.७३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १०.८९ प्रतिशत बढेर ७ अर्ब ५३ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले अभिकर्ता कमशिन ७३ करोड ९३ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको पुनर्बीमा कमिसशन आय २ करोड २६ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी ४५ प्रतिशत बढेर ३ अर्ब ७२ करोड ५ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३७.८७ प्रतिशत बढेर ४ अर्ब ६४ करोड ४ लाख रुपैयाँ, जगेडा कोष ७७.६६ प्रतिशत घटेर २६ करोड ६५ लाख ३९ हजार रुपैयाँ रहेको छ । बीमा कोष १९.१४ प्रतिशत बढेर ५६ अर्ब १५ करोड ९१ ला रुपैयाँ र महाविपत्ती कोष ३७ करोड २० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको कुल बीमा शुल्क आर्जन ७ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ, कुल बीमा लेख संख्या १७ लाख २ हजार २७९ वटा, कुल दावी भुक्तानी रकम ३ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ, २५ हजार २२ वटा दावी वापत ७७ करोड ८९ लाख ६८ हजार रपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

यस अवधिमा कम्पनको प्रतिसेयर आम्दानी ९.८० रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११३.७६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६५.९२ गुणा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स