मर्जरमा इतिहास रचेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको यस्ता छन् वित्तीय सूचकांक

काठमाडौं । नेपाली बीमा क्षेत्रकै पहिलो मर्जर गरेर इतिहास रचेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ११ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । दुई कम्पनी मर्ज हुँदा जुन किसिमको सिजर्नी आउनु पर्ने हो त्यो किसिमको प्रगति नदेखिएपनि विस्तारै कम्पनी आफ्नो उद्देश्य अनुरुप अघि बढ्ने कम्पनीको अन्य सूचकांकहरूले देखिएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको बीमा कोषमा १ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६६ करोड २० लाख रुपैयाँ रहेको छ । यी दुई कोषमा भएको कुल रकम १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ०.२६ प्रतिशत बढेर ११ करोड २५ लाख ५५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २२ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ३०.५४ प्रतिशत बढेर ५९ करोड १९ लाख ५० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको अभिकर्ता कमशिन २० प्रतिशत घटेर २ करोड ५ लाख ४५ हजार रुपैयाँ गरेको छ । कम्पनीको पुनर्बीमा कमिसशन आय १७ करोड ४५ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी ३ करोड ९६ लाख ७० हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी २५ प्रतिशत घटेर १८ करोड ६६ लाख ४८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ६० लाख ११ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २.१९ प्रतिशत घटेर २ अर्ब २३ करोड ९९ लाख रुपैयाँमा झरेको छ । महाविपत्ती कोष ५ करोड १० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ५० करोड ८१ लख रुपैयाँ, जारी बीमा लेखको संख्या १ लाख २६८ वटा, कुल दावी भुक्तानी रकम ४६ करोड ७६ लाख २६ हजार रुपैयाँ, १३ हजार १२६ वटा दावी वापत २ अर्ब १७ करोड ६४ लाख रपैयाँ कुल दावी भुक्तानी हुन बाँकी रहेको छ ।

यस अवधिमा कम्पनको प्रतिसेयर आम्दानी १०.०५ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १८३.२१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४४.९३ गुणा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स