लुम्बिनी प्रदेशका मन्त्री केसीको राजीनामा

देउखुरी । लुम्बिनी प्रदेशका विनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छिन् । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्र्दै उनले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएको हो ।

गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन् ।

मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गरेको उनको निजी सचिवालले जनाएको छ । नेकपा (माओवादी केन्द्र) का तर्फबाट विनाविभागीयमन्त्री बनेकी केसीको राजीनामा सरकारसँगको असन्तुष्टिका कारण नभएको मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । उनले भने, ‘मन्त्री केसीको राजीनामा उनको पार्टीभित्रको समस्या होला, सरकारसँगको असहमतिबाट होइन ।’

मुख्यमन्त्री गिरी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत पाएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स