दशैंमा गाडी किन्ने हो, यस्तो छ अटोलोनको व्याजदर

काठमाडौं । दशैंतिहार नजिकैसँगै अटोमोवाइल्स बजारमा चमक छाउन थालेको छ । कोभिड-१९ को बढ्दो प्रयोकसँगै सरकारले जारी गरेको निषेधाज्ञाको कारण ठप्प प्राप्य भएको अटोमोबाइल्स् बजार निषेधाज्ञा खुलेसँगै लयमा आउन खोजिरहेको छ । चाडपर्वको अवसरमा अन्य समयमा तुलनामा सवारीसाधन बिक्री उच्च हुने गर्छन् ।

ग्राहकलाई आफ्नो कम्पनीको उत्पादनतर्फ आकर्षिण गर्न कम्पनीहरुले विभिन्न आकर्षित योजनाहरु सार्वजनिक गरिसकेका छन् । अटो शोरुमहरुमा सवारीसाधन खरिद गर्न जानेको भिड बढ्न थालिसकेको छ ।

तर कम्पनीहरुसँग ग्राहकको माग अनुसारको सवारीसाधनको स्टक उपलब्ध छैन । कोभिडको समयमा सवारीसाधनको उत्पादन न्यून मात्रमा भएको थियो । साथै सवारीसाधनका लागि आवश्यक पर्ने चिप्सको उत्पादनमा पनि कटौती भएको थियो । अहिले चिप्स अभावले गर्दा आवश्यक मात्रामा सवारीसाधन उत्पादन हुन सकेको छैन ।

चिप्स अभावका कारण प्रयाप्त मात्रमा गाडी उत्पादन हुन नसकेकाले नेपाली बजारमा गाडीको अभाव सिर्जना भएको एक व्यवसायी बताउँछन् । ग्राहकको माग अनुसार कम्पनीहरुसँग बिक्रीका लागि तत्काल गाडी उपलब्ध छैन । कम्पनीहरुले ग्राहकको रोजाइ अनुसारको गाडीको बुकिङ लिइरहेका छन् । ग्राहकले बुकिङ गरेको एकदेखि २ महिनापछि मात्र डेलिभरी दिन सकिने ती व्यवसायी बताउँछन् ।

धेरै उपभोक्ताले बैंकबाट कर्जा लिएर सवारीसाधन किन्ने गरेका छन् । बैंकहरुले भन्ना भिन्दै दरमा सवारी कर्जा उपलब्ध गराउदै आएका छन् ।

यस्तो छ सवारी कर्जा

नेपाल बैंक १०.८५ देखि १२.८५ प्रतिशत

राष्ट्रिय वाणिज्य बैंक ९.५०प्रतिशत

नबिल बैंक ८.९९ ११ प्रतिशत

नेपाल इन्भेष्टमेन्ट बैंक १०.९९ प्रतिशत

स्ट्यान्डर्ड चाटर्ड ९.७५ देखि १०.२५ प्रतिशत

हिमालयन बैंक ९.४९ प्रतिशत

नेपाल एसबीआई बैंक १२.५० देखि १४ प्रतिशत

नेपाल बंगलादेश बैंक ९.९९ देखि १०.९९ प्रतिशत

एभरेष्ट बैंक १०.४९ देखि ११.४९ प्रतिशत

बैंक अफ काठमाडौं ९.९९ देखि ११.४९ प्रतिशत

एनसीसी बैंक १०.२५ देखि १०.९९ प्रतिशत

एनआईसी एशिया बैंक १२.८२ प्रतिशत

माछापुच्छे बैंक ९.९९ देखि १०.९९ प्रतिशत

कुमारी बैंक ७.९० देखि १४.९० प्रतिशत

लक्ष्मी बैंक ७.३५ देखि १२.३५ प्रतिशत

सिद्धार्थ बैंक ९.४९ देखि ११.४९ प्रतिशत

कृषि विकास बैंक ९ प्रतिशत

ग्लोबल आईएमई बैंक ९.९९ देखि ११.९९ प्रतिशत

सिटिजन्स बैंक ९.८० देखि १०.३० प्रतिशत

प्राइम बैंक ११ प्रतिशत

सन् राइज बैंक १२.७५ देखि १३ प्रतिशत

एनएमबि बैंक ७.३३ देखि १२.३३ प्रतिशत

प्रभु बैंक १०.२४ देखि ११.२४ प्रतिशत

मेगा बैंक ७.६१ देखि १४.६१ प्रतिशत

सिभिल बैंक १०.८३ प्रतिशत

सेञ्चुरी बैंक १२.२४ प्रतिशत

सानिमा बैंक १३.३४ प्रतिशत

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स