सवारी साधन विलासितको वस्तु नइभ अत्यावश्कीय वस्तु होः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सवारी साधन अत्यावश्यक वस्तु भएको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) को ४६औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री पौडेलले सवारी साधन विलासिता नभई अत्यावश्यक वस्तुको भएको बताएका हुन् ।
‘अटोमोबाइल्स क्षेत्र विलासिताको होइन, आवश्यकताको क्षेत्र हो, हिजो मोबाइल फोन चलाउन विलासिताको वस्तु मानिन्थ्यो,’ उनले भने ‘ तर, आज अत्यावश्यक भएको छ, सडक पूर्वाधारमा गुड्ने सवारी साधन विलासिताको होइन ।’

पछिल्लो समय नाडाले धेरै राम्रो काम गर्दै आएको बताउँदै अर्थमन्त्री पौडेलले विद्युतीय सवारी साधनको प्रयोगमा द्रुत गतिमा अगाडि बढाउनु पर्ने बताए ।

पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको छ । यो राम्रो विषय हो । यसले ऊर्जा खपतसँगै वैदशिक मुद्रा पनि बचत गर्न टेवा पुग्ने उनको भनाइ छ । यसमा हामी द्रुत गतिमा अगाडि बढ्नु पर्छ ।

५ वर्षभित्र विद्युतीय सवारीको संख्या ५० प्रतिशत पुग्ने नाडाको अनुमानमा अर्थमन्त्री पौडेलले यसमा अझै बढ्नु पर्ने बताएका छन् ।

राजस्व परामर्श समितिले नाडाको संस्थाको सुझाव मान्ने बताउँलै उनले नेपाल थोत्रा विद्युतीय सवारी साधनको डम्पिङ नबनाउन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स