तपाईको ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन भनेर जान्न चहानु हुन्छ, यी माध्यमबाट हेर्न सकिन्छ

काठमाडौं । यदि तपाईले ड्राइभिङ लाइसेन्सको परीक्षा पास गरेर बस्नु भएको छ । तपाई आफ्नो लाइसेन्स कतिबेला प्रिन्ट हुन्छ वा भएको वा छैन भनेर जानकारी लिन चहानु हुन्छ । तर, त्यसका लागि तपाईसँग कुनै उपाय छैन । लाइसेन्स परीक्षा पास गरिसकेपछि लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन कसरी थाहा पाउने ? यी र यस्तै समस्यामा हुनुहुन्छ भने अब तपाईले आफ्नै हातमा रहेको मोबाइबलबाट एसएमएस गरेर वा सम्बन्धित कार्यालयको वेवसाइटबाट लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन सक्नु हुनेछ ।

यदि तपाई आफ्नै मोबाइलबाट लाइसेन्स कुन प्रक्रियामा रहेको छ भनेर थाहा पाउन चाहनु हुन्छ तपाईले भने आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र सी अर्थात एलसी (LC) लेखेर ३१००३ मा एसएमएस गर्नुपर्ने हुन्छ । यसरी एसएमएस पठाउदा आवश्यक जानकारी पाउन सकिन्छ ।

तपाईले ललितपुरको एकान्तकुनास्थित कार्यालयबाट लाइसेन्सका लागि आवेदन दिनुभएको हो भने कार्ड प्रिन्ट भएको नभएको जानकारी लिनका लागि जततउः÷÷भपबलतबपगलबष्अिभलकभ.दबनबmबतष्.नयख.लउ÷ष्अिभलकभ–कतबतगक मा क्लिक गरी उसैको निर्देशन अनुसार जानकारी पाउन सकिन्छ ।

त्यसैगरी अनलाइन पोर्टल जततउकः÷÷लभउयचभकगति.अयm÷ मा गएर चेक ड्राइभिङ लाइसेन्स प्रिन्ट स्टाटसमा आफ्नो लाइसेन्स नम्बर राखेर ‘चेक स्टाटस’ मा क्लिक गर्दा पनि आवश्यक जानकारी पाउन सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स