रियलमीका ४ स्मार्टफोन बजारमा

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीका ४ उत्पादन नेपाली बजारमा भित्रिएको छ । कम्पनीले रियलमी सी२०, रियलमी सी२१ रियलमी सी११ २०२१ र रियलमी ८ नेपाली बजारमा भित्र्याएको हो । आकर्षक मूल्यका रियलमी स्मार्टफोन टिकाउ ब्याट्री र गेमिङ प्रोसेसरका लागि चर्चित छ ।

सी सिरिज
रियलमी सी२० र सी२१ अघिल्लो संस्करणहरुमा उपलब्ध आकर्षक ब्याट्री र मिडियाटेक हेलियो जी३५ गेमिङ एसओसी भन्दा परिष्कृत छ । यी दुवै स्मार्टफोटमा ६.५ इन्चको ठूलो डिस्प्ले छ । रियलमी सी२१मा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज सहितको ट्रिपल क्यामरा छ ।

यसम भएको सर्वोत्तम रियलमी यूआई २.० लले भिन्न अनुभव गराउँदछ र सुन्दर डिजाइनका साथै साना–साना थुप्रै फिचरहरुले रियलमीका फ्यानहरुलाई रोमाञ्चित बनाउनेछ ।

छोटकरीमा भन्दा, आक्रामक मूल्यमा उपलब्ध सी सिरिजबाट प्रयोगकर्ताले ठूलो डिस्प्ले, दिनभरि चल्ने टिकाउ ब्याट्री र गज्जबको पर्फमेन्सको अनुभव गर्न सक्नेछन् ।

रियलमी ८

हरेक कोणबाट परिपूर्ण रियलमी ८ मा फास्ट इन डिस्प्ले फिङगर सेन्सर भएको ६.४ इन्चको सुपर एमोएलईडी फुल स्क्रिन डिस्प्ले छ । साथै, रियलमी ८ को डिस्प्ले १००० निट्ससम्म जान सक्छ जसकारण प्रयोगकर्ताले चम्किलो घाममा पनि सहजै चलाउन सक्नेछन् ।

यसमा हेयिो जी९५ एसओसी छ जसले सामान्य फोन भन्दा बिल्कुलै फरक अनुभव गराउनेछ । ६जीबी प्लस ५जीबी (डीआरई) र्याम र १२८ जीबी स्टोरेज सहितको रियलमी ८ को शक्तिशाली प्रोसेसरले हेभी लोडमा पनि सजिलै काम गर्नसक्छ । यसैगरी, गेम स्पेस फिचरले गेमिङका लागि सुविधाहरुबाट उपलब्ध गराएर पनि प्रयोगकर्ताहरुलाई सन्तुष्टी दिन्छ ।

यसका साथै, क्वाड क्यामरा सहित आउने लाइट वेट स्लिम डिजाइन भएको रियलमी ८ मा वाट डार्ट चार्जिङको सुविधा छ जसले फोनलाई ६५ मिनेटमा नै ०% बाट १००% चार्ज गराइदिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स