पछिल्लो २४ घण्टामा काठमाडौंमा बढी कोरोना संक्रमित, ललितपुरमा सबैभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा २९८, भक्तपुरमा ६३ र ललितपुरमा ३५ जना संक्रमित थपिएको हो ।

त्यस्तै, उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार ५३२ पुगेको छ ।

देशभर थप १,०९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स