नीतिगत ब्याजदर १.५ प्रतिशतले घट्दा ऋणको घट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत ब्याजदर घटाएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत तरलता सुविधाको ब्याजदर १.५ प्रतिशतले घटाएको हो । राष्ट्र बैंकले यसअघिसम्म ८.५ प्रतिशतमा रहेको ओभरनाइट तरलता सुविधाको ब्याजदरलाई ७ प्रतिशत कायम गरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

‘बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।

‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत् गरिएको सो व्यवस्थाले कर्जाको ब्याजदर घटाउन सहयोग पुग्छ,’ प्रवक्ता भट्टले भने ‘‘ओभरनाइट तरलता सुविधाको अभ्यास अन्तर्राष्ट्रिय अभ्यास हो, यसअघि ८.५ प्रतिशतमा ओभरनाइट तरलता सुविधा ७ प्रतिशत ब्याजदरको नीतिगत दरमा उपलब्ध हुँदा बैंकहरुको खर्च घट्ने हुँदा कर्जाको रेटपनि घट्न सक्छ ।’

यसले बैंकहरुको ब्याज खर्च घट्ने हुँदा बैंकहरुले कर्जाको ब्याजदर रेट समेत घटाउन सक्ने उनको अनुमान हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स