तरलता सुविधाको ब्याजदर हेरफेर, सरकारी ऋणको लागत घट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधाको ब्याजदर घटाएको छ । शुक्रबार बिहान मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै बैंकहरुले राष्ट्र बैंकबाट लिने तरलता सुविधाको ब्याजदर घटाएको हो ।

‘बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलब्ध हुने व्यवस्था मिलाइनेछ,’ राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत भनेको छ । यसअघि ८.५ प्रतिशत रहेको उक्त तरलता सुविधा अब ७ प्रतिशत ब्याजदरमा पाइने भएको छ ।

अन्तर बैंक ब्याजदर ४ प्रतिशतमा आउँदा पनि बैंकहरूले राष्ट्र बैंकबाट पाइने तरलता सुविधाको ब्याजदर महाँगो भएको भन्दै सरकारी ऋणपत्रको ब्याजदर नघटाएपछि राष्ट्र बैंकले बैंक दर र नीतिगत दर र निक्षेप संकलन दर यथावत राख्दै ओभरनाइट तरलता सुविधाको ब्याजदर भने घटाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स