शुभम पावरको आईपीओ बाँडफाँट सम्पन्न, २ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । शुभम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। शुक्रबार बिहान बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बाँडफाँट सम्पन्न गरेको हो ।

कम्पनीको आईपीओमा कुल १२ लाख ७५ हजार ४ सय २१ जनाबाट १ करोड ३८ लाख ४७ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ३ हजार ५ सय ८७ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ७१ हजार ८ सय ३४ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको छ । जसमा ४८ हजार १ सय ८८ जनाले सेयर पाएका छन् । जसमध्ये २ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकी ४८ हजार १ सय ८६ जनाले १० कित्ताको दरले सेयर पाएका छन् ।

कम्पनीले माघ १८ देखि माघ २२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले आवेदन नदिएको सेयर सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो।

सोमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ ।

यसरी हेर्नुस् नतिजा :
१. बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट : जततउकस्ररmगपतष्लबतजअबउष्तब।िअयmर,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login,
३.सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटबाट नतिजा हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले संखुवासभामा ९९० किलोवाटको तल्लो पिलुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०६८ साउन १ गतेबाट विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स