एक विकास बैंकसहित तीन कम्पनीको सेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक विकास बैंकसहित तीन कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले ज्योति विकास बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो ।

जसअनुसार, ज्योति विकास बैंकको ३ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नैप्सेले प्रतिकित्ता ३१६ रुपैयाँका आधारमा ३ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ३०६.८० रुपैयाँ कायम गरेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको ६.९९ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन गरेको छ । नैप्सेले प्रतिकित्ता ५६९ रुपैयाँका आधारमा ६.९९ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ५३१.८३ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्सको १२.४० प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ७९९.८० रुपैयाँका आधारमा १२.४० प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ७११.५७ रुपैयाँ कायम गरेको छ ।

योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा आइतबारबाट कारोबार हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स