विद्युत बिक्री आम्दानी १५० प्रतिशत बढेपनि रिडी पावरको नाफा घट्यो किन ?

काठमाडौं । रिडी पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत १८ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.२४ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ३५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई आयोजनाबाट आम्दानी भइरहेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा दुई आयोजनाको आम्दानी थप भएपछि विद्युत बिक्री आम्दानी बढ्न पुगेको हो ।

कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेपनि खुद नाफा भने घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने समीक्षा अवधिमा ९५.८१ प्रतिशत घटेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ९६ लाख रुपैयाँमात्र नाफा कमाउन सफल भएको छ ।

कम्पनीको लगानी तथा अन्य आम्दानी ९९.१५ प्रतिशत घटेका कारण खुद नाफा घट्न पुगेको हो । बैंकहरुले कर्जाको ब्याजदर बढाएपछि कम्पनीको अन्य आम्दानी घट्न पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४३ पैसा र पीई रेशिया १५३.९३ गुणा रहेको छ । १ अर्ब १० करोड ६३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडामा ५२ करोड ५ लाख रुपैयाँ सञ्चित छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स