यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको चौथो दिन नेप्सेमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५ लाख २ हजारको कित्ता सेयर ३ अर्ब ६९ करोड १९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४२ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, तेह्रथु पावरको सेयरमूल्य ३.३२ प्रतिशतले बढेको छ ।

धौलागिरी लघुवित्तक ३.०८%, राधी विद्युत कम्पनीको २.५९% , प्राइम लाइफ इन्स्योरेन्सको २.५६% र सबैको लघुवित्तको २.४२ प्रतिशतले सेयरमूल्य बढेको छ ।

त्यस्तै, लगातार सर्किट लागेको आदर्श लघुवित्तको सेयर मूल्य घटेको छ । लघुवित्तको आज ५.१४ प्रतिशतले सेयरमूल्य घटेको छ ।

पोखरा फाइनान्सको ४.९८%, ग्रीन भेन्चर्सको ३.८८%, राष्ट्र उत्थान लघुवित्तको ३.३५% र हिमालयन पावर पार्टनरको ३.०८ प्रतिशतले सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स