माछापुच्छ्रे बैंकका ग्राहकलाई दुई स्वास्थ्य संस्थामा विशेष छुट

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकहरुले २ दुई स्वास्थ्य संस्थामा विशेष छुट पाउने भएका छन् । बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरसंग बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौता पश्चात बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायवेटिक तथा अन्य रोग सम्बन्धि सुविधा लिंदा १०% देखि २०% सम्म छुट प्राप्त गर्ने तथा काठमाडौंंको वसुन्धारामा अवस्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५% देखि १०% सम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले डाक्टर परार्मश, फार्मेसी, प्याथोलोजि ल्याब, ECG/ECHO/USG,TMT, डिजिटल एक्सरे, दन्तसेवा लगायतका अन्य सेवाहरुको शुल्कमा उक्त छुट प्रदान गर्ने छ भने चिरायु नेसनल अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु वेड, एम्बुलेन्स, औषधी तथा डाइगोनिष्टिक सेवाहरुको शुल्कमा न्युनतम ५% देखि बढिमा १०% सम्म छुट प्राप्त गर्नेछन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट÷क्रेडिट कार्ड तथा क्युआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स