यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले १४ निर्णय गरेको छ । सोमबार (माघ २३) गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय :

१. पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरबी गाउँपालिका वडा नं. १, जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने ।

२. नागमती बाँध आयोजनाको कार्यान्वयन अघि बढाउन काठमाडौ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. १ मा रहेको करिब १४ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।

३. ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई दक्षिण अफ्रिकामा हुने IWMI छलफलमा भाग लिन स्वीकृति दिने ।

४. २०७९ साल फागुण ५ र ६ गते भारतमा आयोजना हुने नेपाल(भारत विद्युत व्यापार सम्झौता अन्तर्गतको संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको दशौं बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने ।

५. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।

६. मिति २०७९ फागुन १ गतेदेखि ५ गतेसम्म हुने माननीय रक्षामन्त्री हरिप्रसाद उप्रेतीको नेतृत्वको भारत भ्रमण स्वीकृत गर्ने ।

७. अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको आयोजनामा अष्ट्रियाको भियनामा २०७९ चैत ६ गतेदेखि ८ गतेसम्म हुने TC Asia and the Pacific NLO Workshop मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (विज्ञान तथा प्रविधि) प्रमिला देवी शाक्य बज्राचार्यलाई भाग लिन स्वीकृति दिने।

८. सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यहरु हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर छुट दिने ।

९. २०७९ फागुन १ गतेदेखि ३ गतेसम्म थाइल्याण्डको बैंककमा हुने Workshop to support development and peer review of Global Fund proposals for TB, HIV and Malaria in SEAR countries मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. संगिता कौशल मिश्रालाई सहभागी हुन स्वीकृति दिने ।

१०. २०७९ फागुन २९ गतेदेखि चैत २ गतेसम्म भारतको नयाँदिल्लीमा हुने First face to face meeting of SEAR Expert Group on Environmental Determinants of Health and Climate Change Regional Meeting on Health Impacts of Pollution मा स्वास्थ्य सेवा विभागका महानिर्देशक (बाह्रौं तह) डा. दिपेन्द्र रमण सिंहलाई सहभागी हुन स्वीकृति दिने।

११. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गर्ने ।

१२. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (कानून) धनराज ज्ञवालीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव (कानून) उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गर्ने ।

१३. न्याय सेवा आयोगको सिफारिसबमोजिम महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाललाई राजपत्रांकित विशिष्ट श्रेणीको नायव महान्यायाधिवक्ता पदमा बढुवा गरी महान्यायाधिवक्ताको कार्यालयमा पदस्थापन गर्ने ।

१४. बढुवा समितिको सिफारिसबमोजिम विभिन्न मन्त्रालय अन्तर्गतका विभिन्न सेवारसमूहरउपसमूहका राजपत्रांकित द्वितीय श्रेणीका २३ जना अधिकृतहरूलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढुवा गरी पदस्थापन गर्ने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स