३ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् सर्वाधिक सेयर खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा उछाल आएको छ ।

मंगलबार, नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ अंक विन्दुमा आइपुगेको छ ।

आज ९३ लाख ३३ हजारको कित्ता सेयर ३ अर्ब ३६ करोड २२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआइसी एसियाको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १२ करोड ९२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, न्याङदी गु्रप पावरको ११ करोड ३ लाख, अपी पावरको ९ करोड ३९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ३ लाख र हिमालयन डेष्टिलरीको ६ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स