सेयर धितो कर्जाको सीमा हटाउनेमा होइन बढाउनेमा भइरहेको छ राष्ट्र बैंकमा छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत सेयर धितोमा दिने कर्जाको सीमा बढाउने देखिएको छ । लगानीकर्ताहरूले हाल कायम रहेको सेयर धितो कर्जाको सीमा हटाउन माग गरिरहेका छन् । पछिल्लो समय यस विषयमा अर्थमन्त्री तथा अर्थ मन्त्रालय समेत सकारात्मक देखिएपछि राष्ट्र बैंकमा पनि यस्तो कर्जाको सीमा बढाउनेमा छलफल भएको हो ।

सेयर धितो कर्जा १२ करोडको सीमा बढाएर २० देखि २५ करोडसम्म पुर्याउने, संस्थागत लगानीकर्तालाई लगाइएको सीमा हटाउनलगायतका विषयमा अहिले राष्ट्र बैंकमा छलफल चलिरहेको छ ।

अहिले सबै परिस्थिति सहज नभइ सकेकोले १२ करोडको सीमा हटाउँदा त्यसको असर बजारमा प्रत्यक्ष रुपमा देखिन सक्ने भन्दै राष्ट्र बैंकले सो सीमा बढाउने तर नहटाउने विषयमा छलफल गरेको हो ।

‘हाल कायम भएको १२ करोडको सीमालाई बढाएर २० देखि २५ करोड पुर्याउन विषयमा छलफल भएको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ ।

अहिले सेयर धितो कर्जा एउटै वा सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म लिन पाइने व्यवस्था मौद्रिक नीतिले गरेको छ । गत आवको मौद्रिक नीतिले एउटा बैंकबाट ४ करोड रुपैयाँ र बढीमा ३ बैंकबाट १२ करोडसम्म लिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकको यो नीतिले रुदै हिडेका लगानीकर्ताले थोरै भए पनि राहत महसुस गरेका थिए ।

अघिल्ला कार्यकालमा सेयर बजारप्रति उदार बनेका अर्थमन्त्री विष्णु पौडेलले लगानीकर्तालाई सहज हुने नीति लिन गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिइसकेका छन् । पहिलो पटक विष्णु पौडले अर्थमन्त्री बन्दा सेयर बजारले करिब ७ सय विन्दुले बढेर १८८१ को टप लगाएको थियो भने डा.युवराज खतिवडा अर्थमन्त्री बनेर उनको कार्यकाल सकिएपछि अर्थमन्त्री बनेका विष्णु पौडेलको अर्थमन्त्रीको कार्यकालमा बजार दोस्रो पटक बढेर ३२ सय विन्दुलाई चुमेको थियो ।

त्यसयता तल ओर्लन थालेको बजार १४ सय विन्दुले घटिसकेको छ । यसैबीच तेस्रो पटक अर्थमन्त्री बनेका पौडेलको तेस्रो इन्ट्रीसँगै बजार माथि उक्लनेमा लगानीकर्ताहरू विश्वस्त छन् र नीतिगत सुधार पनि हुन्छ भन्ने विश्वास लगानीकर्तामा रहेको पाइन्छ ।

त्यसैले अर्धवार्षिक समीक्षले सेयर बजारलाई सहज बनाउने नीति लिने अनुमान गर्न सकिने जानकारहरूको बुझाइ छ । यता, गभर्नर पनि एमालेबाटै नियुक्त भएका र उनको एमाले प्रति विशेष झुकाव रहेको देखिन्छ ।

यसआधारमा पनि उनले अहिलको अर्थमन्त्रीलाई सपोर्ट गर्न कै लागि भएपनि यसमा विचार गर्ने देखिएको छ । यतिमात्रै होइन अर्थमन्त्री तथा स्वयम प्रधानमन्त्रीबाट समेत केहि निर्देशन आएको र अर्थतन्त्रमा समेत केहि सुधार देखिएकोले उनले यो पटक सेयर धितो कर्जाको विषयलाई पुनरावोलकन गर्ने निश्चित छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स