काठमाडौं । सोमबार, नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ अंक विन्दुमा आइपुगेको छ ।
आज ३९ लाख २२ हजारको कित्ता सेयर १ अर्ब ४७ करोड ४१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९५ वटा कम्पनीको घटेको छ भने १७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, आदर्श लघुवित्तको सेयरमा १० प्रतिशतको सकरात्मक सर्किट कायमनै रहेको छ ।
माहुली लघुवित्तमा ५.५१%, युनिभर्सल पावर कम्पनीमा ४.९९%, सिभिल लघुवित्तमा ४.०५%, स्र्पोट माईक्रोफाइनान्समा ३.८४%, माछापुच्छे बैंकमा ३.६२%, नेपाल एसबीआई बैंकमा ३.०८% , स्टान्डर्ड च्यार्टड बैंकमा २.८७%, जानकी फाइनान्समा २.७४% र पोखरा फाइनान्समा २.५४ प्रथिशतले सेयर उकालो लागेको छ ।
त्यस्तै, लक्ष्मी बैंकको डिभेन्चरमा ९.५८%, बाराही हाइड्रोपावरमा ४.६७%, मिथिल्ला लघुवित्तमा ३.८५%, ग्लोबल आइएमई ब्ल्यालेन्स्ड फण्डमा ३.५७% र आरबीबी म्यूचल फण्ड १ मा ३.४३ प्रतिशतले सेयर मुल्य घटेको छ ।