बीमा पोलिसी त्याग्ने घटे, मंसिरमा ८७ करोड ४३ लाखमात्रै सरेण्डर

काठमाडौं । मंसिर महिनाको तुलनामा पुस महिनामा बीमा पोलिसी त्याग्नेको संख्या र सरेण्डर रकम दुबै घटेको छ । मंसिर महिनामा ७ हजार ६५० जनाले १ अर्ब १ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर(समर्पण) भएकोमा पुस महिनामा सो समर्पण घटेर ८७ करोड ४३ लाखमा झरेको छ । पुस महिनामा जम्मा ६ हजार ७८२ वटा बीमा पोलिसी सरेण्डर भएको हो ।

प्राधिकरणको तथ्यांक अनुसार यो महिनामा पनि नेपाल लाइफको बीमा पोलिसी सरेण्डर बढेको छ । मंसिर महिनामा सबैभन्दा धेरै पोलिसी सरेण्डर नेपाल लाइफको विमितले गरेका थिए । मंसिर महिनामा मात्रै कम्पनीको ३३ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो । तर, पुस महिनमा भने उक्त कम्पनीको समर्पण रकम घटेको छ । मंसिर महिनामा नेपाल लाइफका विमितले २ हजार ८३५ बीमा पोलिसी सरेण्डरबाट ४३ करोड ९७ हजार समर्पण भएको छ । अन्य कम्पनीको तुलनामा नेपाल लाइफको विजनेश धेरै भएकोले समर्पण पनि बढी देखिएको हो ।

मंसिरमा जस्तै पुसमा बीमा पोलिसी समर्पण गर्नेमा दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल रहेको छ । कम्पनीको मंसिर महिनामा मात्रै १८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ भने पुसमा १६७ बीमा पोलिसी सरेण्डरबाट ९ करोड ५९ लाख रुपैयाँको समर्पण भएको छ ।

तेस्रोमा नेशनल लाइफ रहेको छ । पुस महिनामा कम्पनीको ८ करोड २३ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ । कम्पनीको मंसिर महिना ११ करोड रुपैयाँको पोलिसी सरेण्डर भएको थियो । राष्ट्रिय बीमा संस्थानको पुस महिनामा ७ करोड ७३ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ भने मंसिर महिनामा ७ करोड ९७ लाख रुपैयाँ बराबर पोलिसी सरेण्डर भएको छ ।

लाइफ इन्स्यारेन्स कर्पोरेशनको ९ करोड ५९ लाख बराबरको बीमा पोलिसी सरेण्डर भएको छ भने एशियन लाइफको ३ करोड ६८ लाख, मेट लाइफको ३ करोड ६ लाख, गुरास लाइफको २ करोड ६ लाख, प्राइम लाइफको २ करोड १२ लाख र युनियन लाइफको १ करोड ३६ लाख, सानिमा लाइफको १ करोड १३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

सिटिजन लाइफको ९६ लाख, लाईएमई लाइफको ७४ लाख, रिलायन्स लाइफको ७३ लाख, रिलायबल नेपाल लाइफको ६८ लाख, प्रभु लाइफको ५५ करोड, सूर्यज्योति लाइफको ४० लाख र महालक्ष्मी लाइफको २५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी समर्पण भएको छ ।

मंसिर महिनामा प्राईम लाइफको ८ करोड २३ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानको मंसिर महिनामा ७ करोड ९७ लाख रुपैयाँ, गुराँस लाइफको ४ करोड ९५ लाख रुपैयाँ, युनियन लाइफको ३ करोड ७७ लाख रुपैयाँ, एशियन लाइफको ३ करोड २५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको थियो । मेट लाइफको २ करोड ५० लाख रुपैयाँ, सूर्या लाइफको २ करोड १ लाख रुपैयाँ र ज्योति लाइफको १ करोड ३९ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको थियो ।

त्यसरी नै रिलायन्स लाइफको ६९ लाख रुपैयाँ, प्रभु लाइफको ६४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ५० लाख रुपैयाँ, सिटिजन लाइफको ४३ लाख रुपैयाँ, आइएमई लाइफको ३७ लाख रुपैयाँ पोलिसी सरेण्डर भएको छ । सन नेपाल लाइफको ३७ लाख रुपैयाँ, सानिमा लाइफले ३६ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ३४ करोड रुपैयाँ पोलिसी सरेण्डर भएको थियो ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/02/surrender-Poush2079.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स