राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने, कति पाइन्छ साट्न ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ४ गतेदेखि नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । यो वर्षको दशैंमा राष्ट्र बैंकले करिब ३५ अर्ब रुपैयाँ नयाँ तथा सुकिला नोट वितरण हुने अनुमान गरेको छ ।

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँका प्रति बन्डलसम्म सटही हुने गरी यो सुविधा मिलाएको जनाएको छ ।

दशैँ र तिहारका अवसरमा हरेक वर्ष औसतमा ५० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिने गरेको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणको हात हातमा पुग्ने गरेको छ । बाँकी पैसा बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्नेछन् ।

राष्ट्र बैंकले असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गर्नेछ । राष्ट्र बैंकले १५ दिनअघिबाट मात्र वितरण गर्ने भएका छन् ।

काठमाडौं उपत्यकाभित्र वाणिज्य बैंक र तिनका शाखामार्फत नयाँ नोट सटही सुविधा दिइने भएको छ । उपत्यका बाहिरका लागि भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय र वाणिज्य बैंकबीचको समन्वयमा नोट सटहीको समय तोकिने जनाइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स