निर्वाचित घोषणा गर्न माग गर्दै पुगे उमेश श्रेष्ठ निर्वाचन आयोग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले निर्वाचन आयोगमा आफूलाई चितवन–२ बाट निर्वाचित घोषणा गर्न माग गर्दै निवेदन दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा उक्त क्षेत्रबाट निर्वाचित सांसद पद बदर भएपछि आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गर्दै श्रेष्ठ आइतबार निर्वाचन आयोग पुगेका हुन्।

‘निर्वाचनका बेला रवि लामिछानेको नागरिकताबारे ५ वटा उजुरी परेको थियो। काठमाडौंमा २ वटा परेको थियो। त्यसको निर्णय गरिएन। निर्वाचनको बेलामा परेका उजुरीमाथि आयोगले निर्णय नगरिँदा रवि र आफू दुबै जनालाई अन्याय परेको श्रेष्ठको भनाई थियो ।

‘अहिलेसम्म यस्तो घटना भएको छैन। संविधानको पनि व्याख्या हुन जरूरी छ। जो अनागरिक छ। निर्वाचन उठ्न पाउँदैन। तर उठेको अवस्था भनेको विशेष परिस्थिति हो,’ श्रेष्ठले भने, ‘निर्णय गर्न आयोगले ढिलाइ गर्‍यो। अहिले रविजीको नागरिकतासहित प्रक्रिया नै रद्द भयो। त्यसैले नजिर कायम गरिदिँदा जीवनमा अरूलाई दुख नहोला भन्ने खातिर नजिरका लागि लड्न लागेको हो।’

श्रेष्ठले आफू नजिर कायम गर्ने हिसाबले निर्वाचन आयोग पुगेको बताए ।

निर्वाचन आयोगले भने रिक्त भएको चितवन–२ मा उपनिर्वाचन गर्नुपर्ने बताउँदै आएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स