नेप्से सामान्य अंकले बढ्दा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से सामान्य अंकले बढेको छ ।

आइतबार, नेप्से परिसूचक १.५४ अंकले बढेर २०९६.०८ अंक विन्दुमा आइपुगेको छ ।

आज ५२ लाख ६ हजारको कित्ता सेयर १ अर्ब ९३ करोड १७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०१ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ४४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एसियाको ५ करोड ८५ लाख, नबिल बैंकको ५ करोड ७४ लाख, चिलिमे हाइड्रोपावर ५ करोड ७ लाख र हिमालयन डेष्टिलरीको ४ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स