सर्वोच्चको सरकालाई प्रश्न : ढुंगानालाई किन निलम्बन गरेको ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड ‘सेबोन’ का अध्यक्ष भिष्मराज ढुंगानाको रिटमा सुनुवाई गर्दैै सर्वोच्च अदालतले सरकालाईकारण देखाउ आदेश जारी गरेको छ । निलम्बन गर्ने सरकारको निर्णय विरुद्ध अदालत गएका ढुंगानाको विषयलायई लिएर सर्वोच्चले उक्त आदेश दिएको हो ।

ढुंगानालाई निलम्बित गर्दै यस विषयमा अध्ययन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गरेको छ । समितिको विज्ञ सदस्य प्रा. नारायणप्रसाद पौडेल, कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य छन् ।

आफूलाई निलम्बन गरेको विरुद्धमा ढुंगानाले भदौ २३ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । ढुंगानाले बुकबिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर छोरीका नाममा खरिद गरेको विषय बाहिरिएपछि उनी विवादमा तानिएका थिए ।

ढुंगानाको रिटमा भदौ २७ गते पेशी तोकिएको थियो भने दोस्रो पेशी भदौ २९ गते तोकिएको थियो । भदौ २९ गते भएको सुनुवाईमा अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई असोज ५ गतेभित्र बोर्डका अध्यक्ष ढुंगानालाई निलम्बन गर्नुको कारण पेश गर्न आदेश दिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स