पाकिस्तानमा विदेशी मुद्रा सञ्चिति घट्यो, १८ दिनकोमात्रै आयात धान्ने

काठमाडौं । पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ९ वर्ष कै न्यून भएको छ । हाल भएको सञ्चितिले १८ दिनको मात्रै आयात धान्ने देखिएको छ । जनवरी २७ मा सकिएको एक हप्तामा सञ्चिति ३ अर्ब ९ करोड डलर मात्रै छ । यो एक हप्ता अघिको भन्दा १६.१ प्रतिशत कम भएको स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)ले बिहीवार भनेको छ ।

यो सञ्चितिले तीन हप्ताभन्दा कम समयको मात्रै आयात धान्न पुग्ने एसबीपीको भनाई छ । बाह्य ऋणको पुनःभुक्तानीका कारण सञ्चिति समीक्षा अवधिमा ५९ करोड २० लाख डलरले घटेको बैंकको भनाइ छ ।

पाकिस्तान छिमेकी देश वा सहयोगी राष्ट्रहरूसँग मागेर होस् वा ऋण नै लिएर भएपनि विदेशी मुद्राको जोहो गर्न चाहन्छ । तर, बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषसँगले पाकिस्तानको वित्तीय उद्धार वार्ता रोकेको छ ।

पाकिस्तानले हालै मात्रै २ खर्ब रुपैया बराबरको अतिरिक्त कर उठाउन विधेयक पारित गरेको थियो ।

वाणिज्य बैंकहरूसँगको सञ्चिति ५ अर्ब ६५ करोड डलर छ । यसको अर्थ पाकिस्तानको कुल तरल सञ्चिति ८ अर्ब ७४ करोड डलर छ । सञ्चिति अहिले सन् २०१४ को फेबु्रअरी यताकै न्यून स्तरमा झरेको छ । यसले १८ दिनको आयात मात्रै धान्न पुग्ने बताइएको छ ।

एसबीपीले हालै मात्रै विनिमय दरमा लगाएको सीमा हटाएको थियो भने इन्धनको भाउ पनि प्रतिलिटर ११ प्रतिशतले बढाएको थियो । अन्तर बैंक कारोबारमा बिहीवार डलरको तुलनामा रुपयाको भाउ शून्य दशमलव ९३ प्रतिशतले घटेर २७१ रुपया ३६ पैसाको कीर्तिमानी न्यून स्तरमा झरेको थियो । खुला बजारमा पनि रुपयाको भाउ शून्य दशमलव १८ प्रतिशतले घटेको थियो । एजेन्सी

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स