गौतम अडानीको सम्पत्ति घटेसँगै विश्व सेयर बजारमा तहल्का

अर्बपति उद्योगपति गौतम अडानी फोर्ब्स पत्रिकाको रियल टाइम अर्बपतिहरूको सूचीमा २२ औँ स्थानमा झरेका छन् । यसअघि अडानी यो लिस्ट विश्वका धनाढ्यहरूको शीर्ष ३ मा थियो ।

अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्गको रिपोर्टपछि अडानी समूहका कम्पनीहरुको सेयरभाउमा गिरावट आउने क्रम जारी छ । अडानी ग्रूपका स्टकहरुमा लगानी गर्नेहरुले ७ दिनमै १०० खर्ब भारतीय रुपैयाँ (भारु) सम्पति गुमाएका छन् । अडनीका कम्पनीहरुको सेयर भाउ घट्ने क्रम नरोकिँदा लगानीकर्ताहरुले बजारबाट खरबौं रुपैयाँ गुमाएका हुन् । अमेरिकी सर्ट सेलर ‘हिन्डेनबर्ग रिसर्च’ को रिपोर्टपछि अडानी ग्रुपका कम्पनीहरुको बजार पुँजीकरण आधा घटिसकेको छ । ग्रूपको प्रमुख कम्पनी ‘अडानी इन्टरप्राइजेज’ को सेयर भाउ नै ७०% ले घटिसकेको छ ।

रिपोर्ट सार्वजनिक भएको ७ कारोबार सेसनमा भारतीय सेयर बजारमा सूचीकृत अडानी ग्रुपका १० वटा कम्पनीहरुको बजार पुँजीकरण समग्रमा ५१% ले घटेर ९३ खर्ब भारुमा सीमित भएको छ । यता, लगानीकर्ताको खरबौं सम्पति गुमेपछि भारतीय सांसदहरुले अडानीको विषयमा व्यापक छानबिन गर्न माग गर्न थालेको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ । साथै, भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले पनि अडानी ग्रूपसँगको कारोबारका बारेमा विवरण पेश गर्न स्थानीय बैंकहरुलाई निर्देशन दिएकोे छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स