शुभम पावरको आईपीओमा करिब १९ गुणाले पर्यो आवेदन

काठमाडौं । शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओमा करिब ८ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा शुक्रबार १ः३३ बजेसम्ममा ७ लाख ९३ हजार ७५ जना आवेदकबाट ८९ करोड ८१ लाख ७४ हजार रुपैयाँ बराबरको ८९ लाख ८१ हजार ७४० कित्ता आईपीओको लागि आवेदन दिएको उल्लेख गरिएको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख ८१ हजार ८८२ कित्ता आईपीओको १८.६४ गुणा बढी हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका आईपीओ निष्काशन गरिसकेको छ ।

कम्पनीले जारी पुँजीको २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बरारबको ४ लाख कित्ता र आयोजना प्रभावित क्षेत्रलाई निष्काशन गरी बिक्री नभएको आईपीाओ निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २ प्रतिशत अर्थात ११ हजार ६१० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २९ हजार ३० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ४ लाख ८१ हजार ८८२ कित्तासेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले माघ २२ गतेसम्म आवेदन दिनु पर्नेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको अधिकृत तथा जारी पुँजी २० करोड रुपैयाँ र चुक्ता पुँजी १४ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणमा आईपीओ निष्काशन गरी बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतीकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स