बीमा व्यवसायमा ३ कम्पनीको बिजनेश ५० प्रतिशत हुँदा अन्यको अवस्था कस्तो ?

काठमाडौं । जीवन बीमा कम्पनीमा ३ जीवन बीमा कम्पनीको व्यवसाय आधा हुँदा अन्य १५ कम्पनीको व्यवसाय ५० प्रतिशतमा सीमित भएको छ । पुस महिनामा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स नेपाल र नेशलन लाइफको व्यवसाय क्रमशः ३ अर्ब ५० लाख, १ अर्ब ७० करोड ४१ लाख र १ अर्ब १४ करोड रुपैयाँको बिजनेश गरेका छन् ।

पुस महिनामा जीवन बीमा कम्पनीहरूले १२ अर्ब १३ करोड ५८ लाख रुपैयाँको व्यवसाय गरेका छन् । सो बीमा शुल्कमध्ये २ अर्ब ९० करोड ७० लाख प्रथम बीमा शुल्क हो भने ९ अर्ब २२ करोड ८८ लाख रुपैयाँ नवीकरण शुल्क हो ।

योसँगै जीवन बीमा कम्पनीको कुल बीमा शुल्क ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ पुगेको छ । पुस महिनासम्मको प्रथम बीमा शुल्क १४ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने नवीकरण शुल्क ५७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पुष मसान्तसम्मको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूमा सबैभन्दा एग्रेसिभ नेपाल लाइफ देखिएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेश (एलआईसी) बीमा शुल्क बढी आर्जन गर्ने कम्पनीका दोस्रो र तेस्रोमा नेशनल लाइफ इन्स्यारेन्स परेको छ ।

पुस महिनामा युनियन लाइफ इन्स्योरेन्स १५ करोड ७४ लाख प्रथम बीमा शुल्क र ५६ करोड १३ लाख नवीकरण शुल्क गरी जम्मा ७१ करोड ६७ लाख रपैयाँ बीमा शुल्क आर्जन गरेको छ । पुस महिनासम्म युनियन लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क ६६ करोड ६४ लाख र नवीकरण शुल्क ३ अर्ब ८ करोड ५४ लाख गरी जम्मा ३ अर्ब ७५ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्सले १९ करोड ४ लाख प्रथम बीमा शुल्क र ४६ करोड ७२ लाख नवीकरण गरी जम्मा ६५ अर्ब ७७ करोड रुपैयाँ बीमा व्यवसाय गरेको छ । उक्त कम्पनीले पुसमहिनासम्म ७३ करोड ७२ लाख प्रथम र २ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ नवीकरण गरी जम्मा ३ अर्ब ४६ करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यसरी नै सिटिजन लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क ८७ करोड ९२ लाख र नवीकरण शुल्क १ अर्ब ७८ करोड ५२ लाख गरी जम्मा २ अर्ब ६६ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरको छ ।

जीवन बीमा कम्पनीमा सबैभन्दा कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुसमहिनासम्मको कुल व्यवसाय ७५ करोडमा २२ करोड ८० लाख प्रथम र ५२ करोड १९ लाख नवीकरण शुल्क भएको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

महालक्ष्मी लाइफ र प्रभु लाइफ मर्जरमा जाने तयारी गरिरहेका छन् । यसैबीच प्रभु लाइफको व्यवसाय पुस महिनासम्म १ अर्ब ३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । सो व्यवसायमध्ये ३० करोड ४५ लाख प्रथम शुल्क हो भने ७३ करोड ३१ लाख नवीकरण शुल्क हो ।

जीवन बीमा व्यवसायमा पहिलो पटक मर्जरमा गएको सूर्यज्योति लाइफ इन्स्योरेन्समा जुन सिनर्जी आउनु पर्ने हो त्यो सिनर्जी तथ्यांकमा देख्न पाइएको छैन । दुई कम्पनीको एकीकृत व्यवसायबाट जम्मा ५९ करोड ८२ लाख रुपैयाँमात्रै बीमा शुल्क आर्जन भएको देखिएको छ ।

त्यस्तै,सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको पुस महिनाको व्यवसाय ५८ करोड ३७ लाख रुपैयाँ रहेको छ । पुस महिनासम्म सन नेपाल लाइफले ९६ करोड, रिलायबल नेपाल लाइफले ७२ करोड ७३ लाख, आइएमई लाइफले ६० करोड ५५ लाख, मेट लाइफले ६० करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्राइम लाइफले ४३ करोड ७२ लाख, रिलायन्स लाइफले ४३ करोड ५५ लाख, सानिमा लाइफले ४२ करोड ४ लाख र गुराँस लाइफले १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स