काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १ हजार ४ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले घटेर १ लाख ६ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १३ सय ६५ रूपैयाँ कायम भएको छ ।