अर्थ मन्त्रालयले गर्यो १० सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

काठमाडौं । अर्थ मन्त्रालयले सह सचिवहरूको जिम्मेवारी हेरफेर भएको छ । फेरिएको जिम्मेवारी अनुसार श्रीकृष्ण नेपाल पुनः आर्थिक सहायता समन्वय महाशाखामा फर्किएका छन् । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले नेपाललाई सोही निम्मेवारी दिएका थिए ।

सहसचिव धनिराम शर्मालाई महत्वपूर्ण महाशाखा बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिइएको छ । सहसचिव झक्कप्रसाद आचार्य वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बनेका छन् ।

लक्ष्मीप्रसाद निरौला प्रशासन महाशाखाको जिम्मेवारी पाउँदा ईश्वरीप्रसाद अर्याल वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनेका छन् । बजेट महाशाखामा रहेका रितेशकुमार शाक्यलाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

सहसचिव सुमन दाहाल आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी पाउँदा कमलप्रसाद भट्टराईलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सारिएको छ ।

यस्तै सेवन्तक पोखरेल भन्सार विभागका उपमहानिर्देशक बनेका छन्। तालिम केन्द्रका प्रमुख शिवलाल तिवारीलाई भन्सार जाँचपास परीक्षण कार्यालय पठाइएको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स