५३ एसपीको सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले ५३ एसपीहरूको सरुवा गरेको छ । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको हो ।

प्रहरी महानिरीक्षकको आजको निर्णयअनुसार २०७९ माघदेखि सेवा सुविधा पाउने गरी उनीहरूको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरूको सरुवा गरेकोे हो ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका अनुपम श्रेष्ठ जिल्ला प्रहरी कार्यालय गोरखा पुगेका छन् । त्यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाका अवदेश विष्ट क्षेत्रीले जिल्ला प्रहरी कार्यालय तनहुँ सम्हाल्ने गरी सरुवा भएको छ ।

मानव बेचबिखन अनुसन्धान व्यूरोका दानबहादुर मल्ल नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल पुग्दा जिल्ला प्रहरी परिसर काठमाडौंका दिनेशराज मैनालीको सरुवा काठमाडौं उपत्यका प्रहरी गण नं. २ महाराजगञ्जमा भएको छ ।

आज भएको सरुवामा नेत्रमणि गिरी, विनोद सिलवाल, प्रकाश रानाभाट, विरेन्द्र वहादुर शाही, भरतवहादुर विकलगायतका एनसीको पनि सरवा  गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स