घरको डाक्टर अर्थात ‘स्किल सेवा’ चितवनमा पनि, यस्ता छन् प्याकेज र फाइदाहरू

काठमाडौं । हामी मान्छे बिरामी भयो भने हस्पिटल जान्छौ तर घर बिरामी भए कहाँ जाने त ? हो जसरी हामी बिरामी भयौ भने हामीलाई अप्ठयारो हुन्छ त्यस्तै गरी पनि बिरामी हुन्छ । बिरामी घरमा बस्नु आफु र आफनो परिवारको लागि जोखिमपुर्ण हुने गर्दछ ।

सुन्दा पनि अनौठो लाग्दै छ होला घर पनि बिरामी हुन्छ भनेर तर, भित्ता रसाउने वा फुल्ने , पानी चुहिने, सी पेज, चर्कने , पेन्ट उप्कने , आदि बिरामी घरको लक्षण हुन । तपाईंको घर,अफिस एंव व्यवसायिक भवनको सुरक्षा गर्ने उद्धेश्यले स्किल सेवा अर्थात तपाईको घरको डाक्टरको स्थापना भएको हो । घरमा प्राय जसो दैनिक रुपमा देखिने समस्याको एकमुष्ट समाधान स्किल सेवा हो । त्यसैले पनि ग्राहकहरूले नै जुराइिदनु भएको उपनाम हो । – तपाईको घरको डाक्टर

दक्ष, योग्य, विषेशज्ञ प्राविधिक जनशक्तिले हाइ-टेक डिभाइसको प्रयोगबाट घरको चेकजाँच गरी समस्या पत्ता लगाउने ,समस्याको कारण पत्ता लगाउने र समस्याको समाधान गर्नमा स्किल सेवा हमेशा अग्रपंतिमा रहेको छ ।

विगत ५ वर्ष देखि उपत्यकाको ३ जिल्ला काठमाडौ,भक्तपुर र ललितपुरमा आफनो अनवरत सेवा दिई रहेको यस कम्पनीले उपत्यका बाहिर पोखरामा पनि बिगत ७ महिना देखि गुणस्तरीय सेवा सञ्चालन गरिरहेको छ । संस्थापक रामशरणा बिक्रम थापा थप्छन्र ‘तुलनात्मक रूपमा काठमाडौंमा भन्दा पोखरामा समस्यायूक्त घर बढी छन् समस्या चेकजाँच गराउन चाहनुहुने धेरै ग्राहक सम्म समयमै सेवा समेत दिन सकिरहेका छैनौं ।‘

कम्पनीले अन्य मुख्य शहरहरुमा पनि आफनो शाखा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ भने यहि अउदो २२ गते बाट चितवनमा समेत आफ्नो सेवा विस्तार गर्ने भएको छ । चितवनमा भरतपुरको हाकीम चोकमा कार्यालय रहने र कम्पनीको सेवा लिन चाहनुहुने १०० भन्दा बढी घरधनीले अग्रिम बुकिङ समेत गराइसक्नु भएको कम्पनीका बजारीकरण तथा बिक्री शाखा प्रमुख सफल प्रधानले जानकारी दिए । करिब ४०० भन्दा बढी पार्ट टाइम स्टाफ र ८० भन्दा बढी स्टाफ फुल टाइम काम गरी रहेको यस कम्पनीको मूख्य कायार्लय काठमाडौंको बबरमहलमा छ ।

३० हजार भन्दा बढी बिरामी घरहरुको जेकजाँच गरी सकेको यस कम्पनी नेपालकै पहिलो रजिष्टार होम इन्स्पेक्सन कम्पनी हो । ‘कम्पनीमा प्राय टे्क्निकल क्षेत्रका साथीहरू हुनुहुन्छ,हामी ३ संस्थापक पनि टेक्निकल फिल्डकै छौं त्यसैले गर्दा पनि कम्पनीको अन्य ब्यवस्थापन पाटोमा हाम्रा केही कमजोरी हुन सक्छन् तथापी प्राबिधिक पाटोमा भने हामी नम्बर १ दाबी गर्न सक्छौं ।‘ सिइव रमेश तिमिल्शिना भन्छन् ।

स्किल सेवाको सेवा लिनका लागि कम्तिमा ५ दिन अघी नै बुक गराउन पर्दछ। बुकिङ कन्फर्म भैसके पश्चात तय भएको मिति र समयमा इन्जियरहरू हाइ-टेक डिभाइस सहित होम इन्स्पेक्सनका लागि पुग्नेछन् र भरधनीले बताउनु भएको समस्या बमोजिम पूरा घरको निरिक्षण गर्दछन् । घर इन्स्पेक्सन गरेको ४८ घण्टा भित्र घरधनीले एउटा रिपोर्ट पाउने छन् ।

जसमा समस्या, समस्याको स्रोत,समस्याको कारण, त्यस समस्याले निम्ताउन सक्ने सम्भाबित क्षति र समस्या समाधान गराउन लाग्ने खर्च समेत उल्लेख गरिएको हुन्छ । यी सबै बिधि र प्रकृयामा हुने इन्स्पेक्सनको सेवा शुल्क २००० रूपैयाँ पर्दछ । आफ्नो घर जाँच गराउन चाहनुहुने घरधनीले स्किलसेवाको अफिसियल नम्बर 01-5915757, 9801886644 र वेबसाइड skillsewa.com माफर्त समेत बुक गराउन सक्नुहुन्छ । स्किल सेवाले कम्तिमा ५ बर्षको वारेन्टी दिइ समस्या समाधान गर्ने गर्दछ।

यी सँगै स्किलसेवाका फरक फरक सेवाका प्याकेजहरू छन् :

सिपेज इन्सपेक्सन
घरका भित्ताबाट पानी भित्र छिर्नु ,छत चुहिनु , फुल्नु आदि समस्या सिपेज हो । जसले गर्दा तपाई को घरको भित्ता वा छत कमजोर मात्र नभई बस्न योग्य हुदैन । फलस्वरुप तपाईको घर जीर्ण, भद्धा, कुरुप बन्ने गर्दछ ।
दक्ष ईन्जिनियर तथा सिपेज इन्सेपेक्टरहरुले हाइ–टेक डिभाइसको प्रयोग गरी घरको चेकजाँच गर्ने गर्दछन । समस्याको मूख्य कारण पत्ता लगाई त्यसको समाधान दिगो समाधान पनि गर्ने गरिन्छ । घरको चेकजाँच गराए पछि विस्तृत रिर्पाट प्राप्त गर्नुका साथसाथै कम्पनीसँग समस्या समाधान गराउन पनि सक्नु हुनेछ । स्किल सेवाले सिपेज चेकजाँच गरेर रिपोर्ट बनाए बापत कमरसियल घरहरुको रु ४००० र आवासीय घरहरुको हकमा रु २००० सेवा शुल्क लिने गर्दछ ।

रिमोडलिङ इन्सपेक्सन
यदि तपाईको घर पुरानो भयो , पुरानो घर घर किन्नु भएको छ वा तपाई आफनो इच्छा अनुसार घरलाई रिमोडेलिङ्ग गर्न चाहनुहुन्छ भने यसको लागि स्किल सेवाले द्दम् र घम् घरको नक्सा समेत बनाउने गर्दछ । तपाई आफुले चाहे बमोजिम घरमा कोठा ,किचन,बाथरुम,स्विमिङ पुल , बगैचा, पार्किङ थपघट गर्न मिल्छ मिल्दैन । मिल्छ भने त्यसलाइ कसरी बनाउदा इन्जियरिङ तवरले उत्तम हुन्छ र मिल्दैन भने पनि त्यसका बिकल्पहरू के के हुन सक्छन भन्ने कुरा यस इन्सपेक्सनबाट थाहा पाउन सकिन्छ यसका साथै बजेट इस्टिमेसन र २ डी डिजाइन यस प्याकेजको थप फाइदाहरू हुन् ।

कम्पनीका सिइओ रमेश तिमिल्सिनाका अनुसार अहिले कम्पनीले सेवा एप समेत सञ्चालनमा ल्याइएको छ । । विभिन्न प्रकारका घर सम्बन्धि सेवा जस्तै प्लम्बिङ, इलेक्ट्रिसियन, वाटरप्रुफिङ आदि जस्ता सेवा सेवा एपबाट प्राप्त गर्न सकिने छ । सेवाग्राहीको आवश्यकता मध्यनजर गरेर एप निर्माण गरिएको तिमिल्सिनाको भनाई छ । गुगल प्लेस्टोरबाट सेवा एप डावनलोड गरी गुणस्तरीय सेवा लिन सकिने छ ।

कम्पनीका बिशेषताहरु,
तालिम प्राप्त जनशक्ति चेकजाँच गरिेने,
बजेट पुर्व निर्धारिण गरिने,
समस्या समाधान मुलक सेवा प्रदान गरिने,
हाइ–टेक डिभाइस द्धारा समस्या परिक्षण गरिने
इन्जिनियरिङ सुपरिवेक्षण गरिने,
निर्धारित समय काम पुरा गरिने,
सरसफाई र फोहर व्यवस्थापन समेत गरिने,
नेपालकै सबैभन्दा पुरानो र विश्वनीय कम्पनी,
सेवाका ५ वर्ष सम्म विशेष वारेन्टी

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स