नाडेप लघुवित्तको लाभांश घोषणा, बोनस सेयर प्राथमिकतामा

काठमाडौं । नाडेप लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट १०.५२६ प्रतित लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ४८ करोड ५७ लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स