कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट सम्पन्न, ८९ हजार ६४० जनाले हात पारे सेयर , यसरी हेर्नुस् नतिजा

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि ६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट गरेको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १४ लाख ७३ हजार ९६९ आवेदकले कुल १ करोड ६६ लाख ७० हजार ९९० कित्ताका लागि आवेदन दिएका थिए। जसमा १४ लाख ६५ हजार ७६३ आवेदकबाट परेको १ करोड ६५ लाख ६६ हजार २३० कित्ता सदर भएको छ भने बाँकी ८ हजार २०६ आवेदकबाट १ लाख ४ हजार ७६० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ८९ हजार ६४० जनाले मात्र सेयर हात पारेका छन्। सदर आवेदकमध्ये १३ लाख ७६ हजार १२३ आवेदकको हात खाली भएको छ।

लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको वेबसाइट ww.nabilinvest.com.npर मेरो सेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट र कम्पनीको वेबसाइट धधध.पबष्लिअजयधपमबचकजबल.अयm.लउ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।
सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याइ बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स