कालिन्चोक दर्शन लिमिटेडको आईपीओ आज बाँडफाँट हुँदै

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले निष्काशन गरेको आईपिओ आज बिहिबार बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले आज माघ १९ गते बिहिबार बिहान ९ः३० बजे आईपीओ बाँडफाँट गर्न लागेको हो ।

कालिन्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ८ लाख ९६ हजार ४ सय कित्ता सर्वसाधारणलाई निष्काशन गरेको हो ।

कम्पनीले १ लाख २० हजार कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँट गरिसकेको छ । त्यस्तै श्रम स्वीकृति लिई विदेशीमा कार्यरत नेपाली श्रमिकलाई १ लाख ८ हजार कित्ता निष्काशन गरि बाँडफाँट गरिसकेको छ । कम्पनीले ५४ हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरेको छ।

कालिन्चोक दर्शन लिमिटेडले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स