रविको पार्टी दर्ता गर्दा प्रक्रिया नै गलत भएको भन्दै निर्वाचन आयोगमा मुद्दा

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । निवेदक युवराज पौडेलले अदालतको संवैधानिक इजलासले उम्मेद्वार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी रवि लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएको उल्लेख गर्दै स्वतन्त्र पार्टी नै खारेजीको माग गर्दै निवेदन दिएका छन् ।

माघ १३ गते सर्वोच्च अदालतले नेपाली नागरिकता नलिइकन प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको भन्दै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद खारेज गरिदिए सबै पद गुमाएका थिए । सर्वोच्च अदालतको आदेशपछि गैरनागरिक ठहर भएका लामिछानेले माघ १५ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । सोही दिन उनी पुनः पार्टीको सभापति बनिसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स