भारत सरकारले नेपाललाई अनुदान दिन छुट्टायो साढे ५ अर्ब भारु, कस-कसलाई गर्छ सहयोग ?

काठमाडौं । भारतीय अर्थमन्त्री निर्मला सितारमणले आर्थिक वर्ष २०२३/२०२४ का लागि २४ लाख ३ हजार ९७ करोड भारु बरावरको बजेट सार्वजनिक गरेकी छन् ।

भारत सरकारले घोषणा गरेको बजेटमा नेपाललाई ५ अर्ब ५० करोड भारु अनुदान दिनको लागि छुट्याएको छ । भारतले चालु आर्थिक वर्षको बजेटमा नेपाललाई ५ अर्ब ५० करोड भारुको सहयोग गर्ने उल्लेख गरेको छ । भारतले नेपाललाई गर्न लागेको सहयोग भनेको ८ अर्ब ८० करोड रुपैयाँ हो । आर्थिक वर्ष २०२२/०२३ को बजेट मार्फत ४ अर्ब २५ करेड भारु अनुदानको व्यवस्था गरेको थियो ।

भारतले आर्थिक वर्ष २०१९/२०२० मा ११ अर्ब ९८ करोड भारु अर्थात १९ अर्ब १७ करोड रुपैयाँ छु्याएको थियो । त्यसैगरी आर्थिक वर्ष २०२०/०२१ मा भारत सरकारले ८ अर्ब भारु सहयोग गर्ने उल्लेख गरेको थियो । भारतले पछि आएर त्यसलाई संशोधन गरेर ८ अर्ब ८० करोड भारु नेपाललाई दिएको थियो ।

त्यसैगरी भारत सरकारले आर्थिक वर्ष २०२१/०२२ मा नेपालाइ दिने सहयोग बढाएर ९ अर्ब ९२ करोड भारु अर्थात १५ अर्ब ८७ करोड पु्रयाएको थियो । तर, भारत सरकारले नेपाललाई दिदाँ भने ४ अर्ब ४६ करोड ४३ लाख भारु मात्र दिएको थियो ।
भारतले भुटान, अफगानिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, म्यान्मार र मंगोलियालाई बजेट मै उल्लेख गरेर सहयोग छुट्याउने गरेको छ । भारतले अफ्रिकन मुलुक, यूरोएसियन देश र ल्याटिन अमेरिकी मुलुकहरुलाई पनि अनुदान सहयोग गर्ने गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स