३२ करोड रुपैयाँ अपचलन गरेको आरोपमा कामना सेवा विकास बैंकका सीईओसहित चार पक्राउ

काठमाडौं । कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा कामना सेवा विकास बैंकका सीईओ प्रवीण वस्नेतसहित चार जना पक्राउ परेका छन् । बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले सीईओ बस्नेतसहित कर्मचारी, भ्यालुएटर र ऋणीलाई पक्राउ गरेको हो ।

३२ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा उनीलाई गत साता झापाको दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो । इलाका प्रहरी कार्यालय दमकले बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई पक्राउ गरेको हो ।

ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्र पठाएपछि झापास्थित इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका विभिन्न व्यक्तिलाई पक्राउ पूर्जी जारी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स