राष्ट्रिय महिला भलिबल प्रतियोगिताः माघ २१ देखि २४ गतेसम्म

काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै सातादेखि सुरु हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगिता यही माघ २१ देखि २४ गतेसम्म हुने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ । यसमा साबिक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ र एभरेष्ट भलिबल क्लब छन् ।

नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिगकम नकआउट’का आधारमा खेल सञ्चालन गरिनेछ ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैंयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले एक लाख ५० हजार रुपैंयाँ पाउनेछ्न । त्यस्तै तेस्रो हुने टोलीलाई ७५ हजार रुपैंयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स