प्रदेश नं.१ मा ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रदेश १ को विभिन्न पाँच स्थानमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई स्वरोजगार बनाई आय आर्जनको बारेमा अग्रसर गराउने उद्देश्यले माघ १३ गतेबाट संचालित कार्यक्रम चन्द्रगढी, विर्तामोड, इटहरी, धरान र विराटनगरमा सम्पन्न भएको छ ।

भद्रपुर नगरपालिका की उपमेयर राधा कार्कीको अध्यक्षतामा माघ १३ गते चन्द्रगढीमा संचालित कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो । उपमेयर कार्कीले महिलाहरुको आर्थिक सामाजिक विकासको लागि संचालित कार्यक्रममा भद्रपुर नगरपालिका महालक्ष्मी लाईफ संग मिलेर काम गर्न तैयार रहेको धारणा व्यक्त गरे । गुञ्जन थापाले स्वागत मन्तव्य राख्नु भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, बजार प्रमुख प्रशान्तराज धमला, चन्द्रगढी कार्यालय प्रमुख गीर्वाण भट्टराई र ९ नम्बर वडा सदस्य मंजु राउत खड्काले कार्यक्रमको महत्व र उपयोगिता बारेमा प्रकाश पारेका थिए ।

माघ १४ गते विर्तामोडमा अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य चन्दा तामाङको अध्यक्षतामा सम्पन्न उत्प्रेरणा कार्यक्रममा १४० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार भट्टराईले बीमा जस्तो परोपकारी काममा सहभागि भई घरको जिम्मेवारी बहन संगै मनग्य आय आर्जन गर्न सकिने बीमा व्यवसायमा संलग्न हुन महिलाहरुलाई आग्रह गरे । कार्यक्रममा कम्पनीका बजार प्रमुख प्रशान्तराज धमला, कम्पनीका गुञ्जन थापा, गंगाराम थापा, जेसिस अध्यक्ष सुस्मा पौडेल र बोर्डिङ प्रिन्सिपल भास्कर भट्टराईले कार्यक्रमको महत्व बारेमा प्रकाश पार्दै सफलताको शुभकामना व्यक्त गरे ।

त्यसै गरी माघ १६ गते विराटनगरमा हरिनगरा गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगतको अध्यक्षतामा महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम सम्पन्न भयो । ९० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा मंजु भट्टराईले स्वागत मन्तव्य राखेका थिए । सहभागिहरुलाई महिला अधिकार कर्मी शान्ति पाख्रिन, प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, बजार प्रमुख प्रशान्तराज धमला, उपक्षेत्रिय प्रमुख हिरा निरौलाले बीमाको माध्यमले महिलाहरुलाई सक्रिय हुन र आय आर्जनको बाटोमा अग्रसर हुन प्रेरणा प्रदान गरे ।

महालक्ष्मी लाईफले माघ १५ गते इटहरी र धरानमा पनि महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम संचालन गरेको थियो । स्थानिय महिला नेतृको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र बजार प्रमुखले उत्प्रेरणात्मक मन्तव्य राखेका थिए । माघ १५ गते नै ललितपुरको कुमारीपाटीमा पनि महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम संचालन भयो ।

जीवन देवीको अध्यक्षतामा संचालित उत्प्रेरणा कार्यक्रममा कम्पनीका शाखा प्रमुख अर्चना तण्डुकार, क्षेत्रिय प्रमुख राम प्रसाद भुसाल र नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र मनोबल बढ्ने र समाजमा नेतृत्व गर्न सक्ने हुने भएकोले बीमाको माध्यमले सक्रिय हुन र आय आर्जन गर्न आग्रह गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स