नेप्से सामान्य अंकले बढ्दा नेपाल बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयरबजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ अंक विन्दुमा आइपुगेको छ ।

आज ५० लाख २४ हजारको कित्ता सेयर १ अर्ब ७६ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११० वटा कम्पनीको सेयर मूल्य बढ्दा ९३ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ९३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी पावरको ४ करोड ९२ लाख, एनआइसी एसियाको ४ करोड ७६ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको ४ करोड ३९ लाख र स्ट्यान्टर्ड चार्टर्डको ४ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स